सशस्त्र प्रहरी बल, नेपालले जल उत्पन्न प्रकोप उद्दार सम्बन्धी कृत्रीम अभ्यास बाकेको राप्ती सोनारी गाउपालिका २ अघैया स्थित राप्ती नदिमा सम्पन्न गरेको छ।
आउदै गरेको बर्षा याममा हुन सक्ने जल उत्पन्न प्रकोप ब्यबस्थापन कार्यलाई प्रभावकारी बनाउने हेतुले उक्त पूर्व अभ्यास सन्चालन गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल न. ५ विन्धवासिनी बाहिनी मुख्यालयको आयोजनामा सम्पन्न उक्त बाहिनि स्तरिय कृत्रीम अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाल न. ४२ रिजर्भ गण शमशेरगन्ज बाकेमा रहेको प्रदेश स्तरिय बिपद ब्यबस्थापन टिम र सशस्त्र प्रहरी बल, नेपाल न. २९ गण भालुबाङ्ग दाङ्गका बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीहरुको सम्युक्त टोलिले जल उत्पन्न प्रकोप उद्दार तथा ब्यबस्थापन सम्बद्द विभिन्न अभ्यासहरु प्रदर्शन गरेका थिए।
बाढि प्रभाबित नागरिकहरुको उद्दार सम्बन्धी उक्त अभ्यासमा मेडिकल फर्स्ट रेस्पोन्डिङ्ग, बाढिमा फसेकाहरुको स्थानिय स्रोत साधनहरुको प्रयोगबाट उद्दार, डुङ्गाबाट उद्दार, रोप रेस्क्यू, पानी मुनि र पानी माथी बाट नदिपार, विभिन्न साधनहरुबाट चीन\अप क्यारी, हाई एङ्गल क्यारी आदि जस्ता बिधिहरुबाट उद्दार कला प्रस्तुत गरिएको थियो।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सन्चार मन्त्री दिनेश पन्थिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभ्यासमा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्य, बाके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सशस्त्र प्रहरी बल, नेपाल न. ५ बिन्धवासिनी बाहिनिका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरिक्षक अभि कुमार खत्री, राप्ती सोनारी गाउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल लगायत स्थानिय सरकारका जनप्रतिनिधिहरु तथा स्थानिय नागरिकहरुको उपस्थिती रहेको थियो।
लुम्बिनी प्रदेशस नारायणी नदि, तिनाउ नदि, राप्ती नदि, बबई नदि, कर्णाली नदि जस्ता मुख्य नदिहरु तथा अन्य स्थानिय नदिनालाहरुमा आउने बाढिका कारण प्रभाबित रहदै आएको छ।
यस प्रदेशमा हरेक बर्षा याममा जल उत्पन्न प्रकोपका कारण बर्सेनि हजारौ नागरिकहरु प्रभावित हुनुका साथै जनधनको समेत क्षती हुने गरेको छ।
यस्ता बिपद प्रकोपहरुबाट हुनसक्ने क्षती न्यूनिकरण र तत्काल उद्दारका लागि सशस्त्र प्रहरी बल, नेपालले जनचेतनामूलक कार्यहरुका साथै आन्तरिक रुपमा तालिम, अनुशिक्षण एवम पुर्ब अभ्यासहरु सन्चालन गर्दै आएको छ।
सशस्त्र प्रहरी बल, नेपाल सङ्ग हाल लुम्बिनी प्रदेशमा १० जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेका छन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके