२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

लु बाट जोगाउन नेपालगञ्जमा घरघरमा स्वयंसेवक

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ वैशाख १८ गते मंगलबार

नेपालगञ्ज उपमहानगरपालिकामा सर्वसाधारणलाई तातो हावा (लु) बाट जोगाउन घरघरमा स्वयंसेवक खटाइको छ।

उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा तातो हावाको उच्च जोखिम रहेको देखिएकोले घरघरमा पुगेर सचेतना फैलाउन स्वयंसेवक खटाइएको रेडक्रस सोसाइटी बाँकेले जनाएको छ।

रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्द्धन सिंह सम्झनाका अनुसार टिनको छाना भएको घर, दीर्घ स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालगायत अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन स्वयंसेवक खटाइएको जानकारी दिनुभयो।

अमेरिकन रेडक्रस, नेपालगन्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको संयुक्त साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : २०८१ वैशाख १८ गते मंगलबार