सूचनाको शक्ति - The Power Of Information

        

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका हुन् ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम र थपलियालाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिष्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा अनुसार नै नियुक्त गरिएको बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १७:३४