दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।
मंगलबार सार्वजनिक ‘रिमै’ बोलको गीतमा देबेन्द्र बराल र मुना ठटालको स्वर छ।
सुवास भुसालको शब्द रहेको गीतका शब्द दिनेश राउतले लेखेका हुन्। सार्वजनिक गीतको भिडिओमा दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन्।
पुजारको चरित्र निर्वाह गरेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली तथा मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम सम्बन्धलाई भिडियोमा देखाइएको छ।
अभिनेता पल शाह पनि भिडिओमा देखिएका छन्। विकास सुवेदीको लेखन, सुवास भुसालको निर्माण रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ।
निर्देशक राउतले यो फिल्मलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको बताएका छन्।
फिल्म बुद्द जयन्तीको अवसर पारेर जेठ १० गते बिहीबारदेखि प्रदर्शनमा आउँदैछ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ