सूचनाको शक्ति - The Power Of Information

        

मे १ तारिख श्रमिक दिवस:

श्रमिक दिवस: ट्रेड युनियन कांग्रेसले बाँकेमा विविध कार्यक्रम गर्दै

प्रदेशका सभापति पुनको उपस्थिति

 १३५ औं श्रमिक दिवसमा बाँकेमा विविध कार्यक्रम हुने भएको छ । यही मे १ तारिख अर्थात १९ गते श्रमिक दिवसका दिन बाँकेमा विविध कार्यक्रम तय गरिएको हो ।

दिवसका दिन नेपालगञ्जमा जिल्लास्तरीय कार्यक्रम तयारी गरिएको नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले जनाएको छ । सो दिन नेपालगञ्जमा प्रभातफेरी, सभा जस्ता कार्यक्रम गरिने ट्रेड युनियन कांग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिकले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एव नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, ट्रेड युनियन कांग्रेसका केन्द्रीय प्रतिनिधिका रुपमा महेन्द्र यादव, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनको विशेष उपस्थिति रहनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १४:३४