२०८३ जेठ ३० , शनिबार 14, June 2026, Sunday
दुखद खबर :

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस सुर्खेतमा दुर्घटना, १२ जना घाइते

उपचारका लागि नेपालगञ्ज लैजाने तयारी
सत्यपाटीसत्यपाटी । बाँके । २०८१ वैशाख १८ गते मंगलबार

 बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट जाँदै गरेको रात्रिबस सुर्खेतमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

सुर्खेतको सिम्ता गाउँपालिका–३ मा ना ४ ख ९३१७ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो।

इलाक प्रहरी कार्यालय सिम्ताका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमका ६ जना र जाजरकोटका ६ जना छन्।

घाइतेमध्ये एक महिलाको टाउकोमा चोट लागेको छ। अन्यको अवस्था सामान्य रहेको घटनास्थलमा रहनु भएका चौरजहारी नगरपालिका १ का तेजबहादुर बिष्टले जानकारी दिए।

उनलाई  उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भएको छ। सबै जना घाईतेको अहिले सिम्ता गाउँपालिका ६ मा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ।

सोमबार बेलुकी नेपालगञ्जबाट छुटेको बस आज बिहान ३ बजे दुर्घटना भएको हो। बसमा १९ जना यात्रु सवार थिए। बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

प्रकाशित मिति : २०८१ वैशाख १८ गते मंगलबार