बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट जाँदै गरेको रात्रिबस सुर्खेतमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
सुर्खेतको सिम्ता गाउँपालिका–३ मा ना ४ ख ९३१७ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो।
इलाक प्रहरी कार्यालय सिम्ताका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमका ६ जना र जाजरकोटका ६ जना छन्।
घाइतेमध्ये एक महिलाको टाउकोमा चोट लागेको छ। अन्यको अवस्था सामान्य रहेको घटनास्थलमा रहनु भएका चौरजहारी नगरपालिका १ का तेजबहादुर बिष्टले जानकारी दिए।
उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भएको छ। सबै जना घाईतेको अहिले सिम्ता गाउँपालिका ६ मा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ।
सोमबार बेलुकी नेपालगञ्जबाट छुटेको बस आज बिहान ३ बजे दुर्घटना भएको हो। बसमा १९ जना यात्रु सवार थिए। बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके