खजुरा गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिहरुलाई सार्वजनिक रुपमा बोल्ने क्रममा आत्मविश्वासका बोल्न सिकाउनका लागि उद्घोषण तालिम गरेको छ ।
खजुरा गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले गरेको तालिममा पालिकाका जनप्रतिनिधि र अगुवा महिलाहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।
वैशाख १४ गतेदेखि सुरु भएको तालिम तिन दिनसम्म चलेको थियो । तालिमका सहभागिहरुलाई वरिष्ठ सञ्चारकर्मी ओवीराज आचार्यले मुख्य प्रशिक्षकको रुपमा सहजीकरण गर्नु भएको थियो ।
तालिममा सहभागि भएका महिलाहरुलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपाने लगायतले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
आगामी वर्षमा यो कार्यक्रमलाई अगाडि बढाउने अध्यक्ष विकले बताउनुभयो । बजेट निर्माणका क्रममा यस्ता कार्यक्रमलाई निरन्तरता पाउनका लागि महिला जनप्रतिनिधिले पनि सल्लाह र सुझाव दिन जरुरी रहेको अध्यक्ष विकले बताउनुभयो ।
खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले महिलाहरुमा क्षमता र आत्मविश्वासको कमीले गर्दा थुपैै्र अवसरबाट बञ्चित हुनु परेकोले यस्ता तालिम महिलाहरुको व्यक्तिगत विकासमा निकै महत्त्वपूर्ण हुने बताउनु भयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके