विभिन्न रोगको निःशुल्क आयुर्वेद पद्धतिबाट उपचार, परामर्श, स्वास्थ्य परीक्षण सेवासहित नेपालगन्जमा पाँचदिने बृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
वैशाख १८ देखि २२ गतेसम्म विभिन्न रोगहरुको आयुर्वेद उपचार सेवासहित नेपालगन्जमा बृहत् योग विज्ञान शिविर सञ्चालन हुने पतञ्जलि योग समिति बाँकेका अध्यक्ष हरपाल सिंहले जानकारी दिनभुयो ।
उहाँले नेपालगन्जको रामलीला मैदानमा आयोजना गरिने सो शिविरमा प्रत्येक दिन बिहान ५ बजेखि ७ बजेसम्म सञ्चालन हुने शिविर तथा उपचार सेवा निःशुल्क रहेको बताउनुभयो ।
पतञ्जलि योग समिति बाँकेका महासचिव वीरबहादुर हमालले आम सर्वसाधारणलाई आफ्नो स्वास्थ्यतर्फ सचेत भई सक्रिय बन्न प्रेरित गर्ने शिविरको उद्देश्य रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान ७ बजेसम्म शिविर र त्यसपछि ८ बजेसम्म आवश्यक भएका व्यक्तिहरुको आयुर्वेदिक चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । शिविरलाई पतञ्जलि योगपीठ हरिद्वार र योगपीठ नेपालका प्रखर योगगुरु तथा प्रशिक्षकहरुले सञ्चालन तथा सहजीकरण गर्नेछन् ।
महासचिव हमालले सो शिविरमार्फत मुटु, फोक्सो, मस्तिष्क, पाचन प्रणालीसँग सम्बन्धित शारीरीक रोगहरु निको पार्न सकिने, मोटोपन, मधुमेह, कोलेस्ट्रोल, कब्जियत, दम, एलर्जी, माइग्रेन, ब्लड प्रेसर, लकवा, अर्थराईटिस जस्ता सम्पूर्ण शारीरीक विकार नष्ट गर्न सकिने र शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने बताउनुभयो ।
शिविरमार्फत नै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँँके र नेपालगन्ज आयूर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा आयूर्वेदिक चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य परीक्षण सुविधा प्रदान गरिनेछ ।
शिविरमार्फत आउने बिरामीलाई आयूर्वेद जनलरल अस्पतालले विशेष छुट दिने जनाएको छ । अस्पतालका अध्यक्ष मैकुलाल वाल्मीकिले शिविरमा पुगेर अस्पतालबाट सेवा लिन चाहने बिरामीलाई प्रयोगशाला परीक्षण तथा आयुर्वेदिक औषधीमा ५ प्रतिशत छुट र फिसर, फिस्टुला, पायल्सको उपचारमा १० प्रतिशत छुट प्रदान गरिने जानकारी दिनुुभएको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा. शिवराज सुवेदीले शिविरमा अष्टाङ्ग, बालरोग, महिला सम्बन्धी रोगको परीक्षण निःशुल्क हुने भएकाले धेरैभन्दा धेरैलाई स्वास्थ्य सेवा लिन अनुरोध गरिएको बताउनुभयो । पाँच दिने सो शिविरमा करिब दुई हजार व्यक्ति सहभागि हुने सम्भावना रहेको पतञ्जलि योग समिति बाँकेले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके