नेपालगन्जमा सञ्चालित एउटा औषधी पसललाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको संयुक्त अनुगमन टोलीले सोमबार उक्त पसल सिल गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्ला प्रशासन कार्यालय र औषधी व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा कैफियत पाइएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ मा सञ्चालित वर्मा अञ्जला मेडिकल हललाई सिल गरिएको बताउनुभयो ।
सर्वसाधारणले गरेको गुनासोको आधारमा उक्त औषधी पसलमा अनुगमन गरिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार शाहले बताउनुभयो ।
“उक्त औषधी पसलका बारेमा सर्वसाधारणले गुनासो गरेका थिए, गुनासोका आधारमा अनुगमनका क्रममा गैर व्यक्तिबाट औषधी पसल सञ्चालन गरेको पाइयो”, शाहले भन्नुभयो ।
निरीक्षक शाहले उक्त औषधी पसल सञ्चालन गर्न अनुमति लिएका व्यक्ति पसलमा नबसेर अनुमति प्राप्त नगरेका अर्का एकजना गैर व्यक्ति बसेर औषधी वितरण गर्नुका साथै नेपालमा दर्ता नभएका औषधी समेत सञ्चय गरेको पाइएकोले पसललाई सिल गरिएको बताउनुभयो ।
आवश्यक थप अनुसन्धानका लागि पसलका सञ्चालकलाई औषधी व्यवस्था विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके