सूचनाको शक्ति - The Power Of Information

        

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १० अंकले बढेर बजार बन्द हुँदा भने नामले मात्र बढेको देखिएको छ ।

आज नेप्से ०.०७ अंकले बढेर १९८०.३४ बिन्दु कायम भएको छ । आज करिब ३ अर्बको कारोबार भएको छ ।

बजार बन्द हुँदासम्म २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर ४६ हजार ५११ पटक किनबेच भएको छ ।

आज ३१७ कम्पनीको शेयर कारोबार हुँदा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । १७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज पोखरा, जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । सेन्सेटिभ इन्डेक्स १.१४ अंकले, फ्लोट इन्डेक्स ०.१४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले बढेको छ ।

समूह अन्तरगतको परिसूचक भने धेरैजसो राताम्य भएको छ । १३ वटा समुहमध्ये ४ समूहको शेयर मूल्य बढेको छ भने अन्य सबै घटेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १७:३५

लोकप्रिय