२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख १७ गते सोमबार

 आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । टी–२० विश्वकपका लागि न्युजिल्यान्ड क्रिकेटले आज अनुभवी ब्याटर केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषण गरेको हो ।

न्युजिल्यान्डको टोलीमा कप्तान विलियमसँगै, फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क चापम्यान, डेभन कनवे, लकी फर्गुसन, म्याट हेनरी, ड्यारेल मिचेल, जिम्मी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउदी रहेका छन् । रचिन रविन्द्र र म्याट हेनरी पहिलो पटक टी–२० विश्वकप क्रिकेटको टोलीमा परेका हुन् ।

न्युजिल्यान्ड यही जुन/जुलाईमा हुने आईसीसी पुरुष विश्वकपका लागि टोली घोषणा गर्ने पहिलो टिम बनेको छ । नवौँ संस्करणको टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा विश्वकप हुँदैछ ।

प्रकाशित मिति : २०८१ वैशाख १७ गते सोमबार