२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

लुम्बिनीमा वैशाख २० गतेसम्म जारी रहनेछ तातो हावाको लहर

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ वैशाख १७ गते सोमबार

लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम वैशाख २० गतेसम्म जारी रहनेछ।

महाशाखाले आगामी केही दिनसम्म देशभरको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेको बताएको छ।

मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या  बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए। उनका अनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी भैरहवामा वैशाख ८ गते ४३.६ डिग्री तापक्रम मापन भएको छ।

तराईका ती भूभागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ’, विभागको सूचनामा भनिएको छ’, ‘साथै पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना छ।’

यसको असरबाट बच्न सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

प्रकाशित मिति : २०८१ वैशाख १७ गते सोमबार