२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख १७ गते सोमबार

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० र तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार चाँदी तोलाको १६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ वैशाख १७ गते सोमबार