२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

लगानी सम्मेलनको दोश्रो दिन : अर्थमन्त्रीले विकास साझेदारसँग छलफल गर्ने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख १७ गते सोमबार

आइतबारदेखि काठमाडौंमा सुरू भएको दुई दिने तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नुहुनेछ ।

यसैगरी पहिलो सत्रमा नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना विषयमा छलफल सत्र हुनेछ । उक्त सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्की लगायतका वक्ता रहेका छन् ।

नवप्रवर्तनीय आर्थिक परिदृश्य विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोका सदस्य प्रा.डा. संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्र्यलगायत वक्ता रहेका छन् ।

प्रकाशित मिति : २०८१ वैशाख १७ गते सोमबार