सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ वैशाख १७ गते सोमवारको राशिफल

२०८१ वैशाख १७ गते सोमवार, २९ अप्रिल २०२४ । वैशाख कृष्णपक्ष पञ्चमी तिथि, ५ः५२ बजेपछि षष्ठी । पूर्वाषाढा नक्षत्र । चन्द्रराशि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । मिहिनेतले पहिलेका कमजोरी सच्याउन सकिनेछ । तत्काल धेरै उपलब्धि नभए पनि पछिका लागि पूर्वाधार तयार पार्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । पेसा–व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । दिगो काम थाल्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

फाइदा मात्र हेर्दा आलोचित भइनेछ । बेसुरमा लिइएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । आफ्नै कमजोरीले पनि काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सहयोगले लाभ उठाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउनाले सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । तर विरोध जनाउनेहरूसँग सन्तुलित व्यवहार गर्नुहोला । मिहिनेतले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला । कामले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ । अर्थअभावले सताउने समय छ । टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ । परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा पेसा–व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०७:०९

लोकप्रिय