सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै

Pat Cummins (c) of Sunrisers Hyderabad and Ruturaj Gaikwad (c) of Chennai Superkings at the toss during match 18 of the Indian Premier League season 17 (IPL 2024) between Sunrisers Hyderabad and Chennai Super Kings held at the Rajiv Gandhi International Stadium, Hyderabad on the 5th April 2024. Photo by Faheem Hussain/ Sportzpics for IPL

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अहमदावादमा शुरु हुनेछ । गुजरात नौ खेलमा आठ अङ्कसहित तालिकामा सातौं स्थानमा छ । समान नौ खेलमा चार अङ्क रहेको बेंगलुरु तालिकाको पुछारमा छ ।

आज हुने दोस्रो खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । यो खेल चेन्नईमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ ।

चेन्नई आठ खेलमा आठ अङ्गसहित तालिकामा छैठौँ स्थानमा छ । समान आठ खेलमा हैदराबाद १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

आईपीएल क्रिकेटमा नौ खेलमा १६ अङ्कसहित राजस्थान शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतवार १०:४३