सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा आफैंले बनाएको घरेलु हतियार पड्किएर एक जना घाइते

बाँकेमा आफैंले बनाएको घरेलु हतियार पड्किएर एक जना घाइते भएका छन् ।

गएराती राप्तीसोनारी गाउँपालिका ५ चाचरफर्का बस्ने १६ वर्षीय सचिन थारु आफैंले बनाएको घरेलु हतियार पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

युट्युब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियार बनाई आफ्नै पाइन्ट पछाडिको गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्किएर दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिन गई घाइते भएको प्रहरीले जनाएको छ ।

थारुको नेपालगन्ज मेडिकल कलेज नेपालगंजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ। हतियार प्रहरीलेले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतवार १०:३९

लोकप्रिय