सूचनाको शक्ति - The Power Of Information

        

विजयी सुरुवात गरेको नेपाल आज सिरिजको दोस्रो खेल खेल्दै

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आइतबार हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल आइतबार उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

खेल दिउँसो १ बजे सुरु हुनेछ। वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज अन्तर्गत आइतबार नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज अन्तर्गत तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ ।

यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतवार ०७:१७

लोकप्रिय