बाँकेको खजुरा गाउँपालिकामा व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु भएको छ । ‘खजुराको विकास र समृद्धिको आधार : दिगो र फराकिलो स्थानीय कराधार’ मूल नारासाथ खजुरा गाउँपालिकाको आयोजनामा व्यवसाय दर्ता तथा नवीकरण अभियान २०८१ सुरु गरिएको हो । स्थानीय व्यवसायी लगायत सरोकारवाला पक्षको सहभागितामा खजुरा गाउँपालिका वडा १ बाट सो अभियानको सुरुवात गरिएको छ ।
सो अभियानको सुरु गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले गाउँपालिकाभित्र सञ्चालनमा रहेको तर पालिकामा व्यवसाय दर्ता नभएका उद्योग, व्यापार, व्यवसायलाई अनिवार्य व्यवसाय दर्ता गराई करको दायरामा ल्याउने र उद्यमी व्यवसायीहरूलाई समग्र गाउँपालिकाको विकासको प्रक्रियामा सहभागी गराउने उद्देश्यले यो अभियान सुरु गरिएको बताए ।
सो अवसरमा व्यवसायीलाई व्यवसाय दर्ता गर्ने, नवीकरण गर्ने र असल व्यवसायीको परिचय दिनुपर्ने लगायतका विषयमा छलफल भएको थियो । गाउँपालिका उपाध्यक्ष तथा स्थानीय राजस्व परामर्श समितिका संयोजक मञ्जु मल्लले गाउँपालिकाको आन्तरिक आयको एक प्रमुख र दिगो स्रोतको रूपमा व्यवसाय कर रहेकोले व्यवसाय दर्ता अभियान सञ्चालन गरिएको बताइन् ।
खजुरा गाउँपालिकाका राजस्व शाखा प्रमुख भक्तबहादुर रावतका अनुसार तीव्र सहरीकरणले गर्दा नयाँ बस्ती विस्तार हुँदै गएपछि गाउँपालिकामा पछिल्लो समय जनसङ्ख्या वृद्धि, उद्योग, व्यापार, व्यवसायको विकास र विस्तार तीव्र भएको भए पनि जुन अनुपातमा व्यापार व्यवसायको विस्तार भएको छ, त्यही अनुपातमा गाउँपालिकामा नयाँ व्यवसाय दर्ता हुन नसकेकाले दर्ता नभएका व्यवसायलाई दर्ता गराइ करको दायरामा ल्याउने उद्देश्यले दर्ता अभियान सञ्चालन गरिएको छ ।
व्यवसाय दर्ताका लागि आवश्यक फाराम भर्न, विभिन्न कागजात तयार गरेर आफ्नो सम्बन्धित वडा कार्यालयमा गएर सजिलै छोटो समयावधिमा व्यवसाय दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । व्यवसाय दर्ता तथा नवीकरण अभियान खजुरा गाउँपालिकाका आठ वटै वडामा सञ्चालन गरिने प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके