सूचनाको शक्ति - The Power Of Information

        

इलाममा मतपेटिका संकलन गरेर आजै गणना सुरु गर्ने तयारी

dtbfg ub}{ lkmSsn -Onfd_ M Onfd–@ df k|ltlglw ;ef ;b:o pklgjf{rgsf nflu dfª;]a'ª ufpFkflnsf–# l:yt hgsNof0f cfwf/e"t ljBfno dtbfg s]Gb|df dtbfg ub}{ j[4f Ho]i7 gful/s . tl:a/ M /fds'df/ lnDa"÷/f;;

इलाम २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ ।

त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, प्रजिअ यादवले  भने ।

भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार १७:३१

लोकप्रिय