२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख १४ गते शुक्रबार

सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार छ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ५५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८१ वैशाख १४ गते शुक्रबार