सूचनाको शक्ति - The Power Of Information

        

‘पुर्णबहादुरको सारङ्गी’मा प्रकाश सपुत

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ । फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

यो फिल्मले एक गहन विषयलाई उठान गर्न लागेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । गायकबाट नायक बनेका सपुतले गतवर्ष फिल्म ‘परदेशी २’बाट फिल्म क्षेत्रमा पाइला राखेका थिए ।

फिल्मका गीतमा निरन्तर काम गर्दै आएका सपुतले अब दोस्रो फिल्मको रुपमा ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गर्न लागेका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार ०९:३०

लोकप्रिय