सूचनाको शक्ति - The Power Of Information

        

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

 भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४ गते दोस्रो चरणको मतदान हुँदैछ ।

पहिलो चरणको मतदान बैशाख ७ गते २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा भएको थियो । भारतमा अहिले अत्यधिक गर्मी छ । कतिपय राज्यउमा लु चलिरहेको छ ।

दोस्रो चरणमा १३ राज्यका ८८ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । यसमा केरलाका २०, कर्नाटकका १४, राजस्थानका १३ र उत्तर प्रदेशका ८ निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

त्यसैगरी महाराष्ट्रका ८, मध्यप्रदेशका ६ र बिहार तथा आसाममा ५-५ सीटमा आज मतदान हुनेछ । छत्तीसगठ र पश्चिम बंगालका ३-३ सिटमा आज मतदान हुनेछ । जम्मु कस्मिर र त्रिपुराका एक-एक सिटमा दोस्रो चरणको मतदान हुँदैछ ।

बैशाख ७ देखि सुरु भएको भारतीय लोकसभाको चुनाव ७ चरणमा सकिने छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार ०७:१८