साताको अन्तिम कारोबार दिन सेयर बजार ३.२४ अंकले घटेर १९६५ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा ३०३ कम्पनीको कारोबार भएको छ । उक्त कम्पनीहरुको ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।
बजारमा गिरावट आउँदा ८ वटा उपसूचक राताम्मै भएको छ । यस दिन सबैको लघुवित्त कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.८३ प्रतिशतले घटेको हो ।
त्यसैगरी माइखोला हाइड्रोपावरको ५.४५ प्रतिशत, एनआरएन इन्फ्रस्ट्रक्चरको ५.१० प्रतिशत, मानुषी लघुवित्तको ३.९४ प्रतिशत, यूनिक नेपाल लघुवित्तको ३.८१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ