सूचनाको शक्ति - The Power Of Information

        

महोत्तरीका अग्निपीडितले राहत पाएनन्

मटिहानी-६ को मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।

बुधबार आगलागीमा १०० घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो। बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका घर खरानी भएका हुन्।

अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरिरहँदाजिल्ला प्रशासन कार्यालयले त्यसका लागि प्रयास भइरहको जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति अपिल गरेका छन्।

मटिहानी नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ । नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लागेका छन्।

नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई  भाँडा प्रदान गरेको बताएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार ०९:००

लोकप्रिय