सूचनाको शक्ति - The Power Of Information

        

महोत्तरीका मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ । तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे  आगलागी भएको थियो ।

बेलुका अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन् । घटनासम्बन्धी विस्तृत विवरण आजसम्म मात्रै थाहा पाउन सकिने उहाँको भनाइ छ । घरबारविहिन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायतका राहत सामग्री प्रदान गरेको छ ।

आगलागीबाट पाँच खसीबाख्रा र दुई सँुगुर समेत मरेका प्रहरीले जनाएको छ । बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार ०७:५४

लोकप्रिय