सूचनाको शक्ति - The Power Of Information

        

कतारी राजाको भ्रमण: आज कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज दोस्रो दिन नेपालको भ्रमणमा छन् । भ्रमण पूरा गरेर आज मध्यान्ह उनी स्वदेश फर्किने कार्यक्रम छ ।

कतारका राजालाई ‘अति विशिष्ट स्तरको सुरक्षा’ दिइएको छ । काठमाडौँको बत्तिसपुतली स्थित होटल द्वारिकामा दुईपक्षिय सम्झौता र लन्चको कार्यक्रम राखिएको छ । बुधवार कालिमाटी स्थित सोल्टी होटलबाट गौशाला पुग्ने सडक र गौशालाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने सडक अवरुद्ध हुनेछ  ।

कतारी राजाको सवारी सुरु भएपछि १० मिनेटदेखि आधा घण्टा सम्म सडकमा अन्य गाडी चल्न नदिइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषरोज पोखरेलले  बताए । उनले भने–‘सोल्टीबाट द्वारिका तर्फ सवारी हुँदा र द्वारिकाबाट विमानस्थल तर्फ प्रस्थान गर्दा सडक डिस्टर्व हुन्छ ।’

सोल्टीबाट कमलपोखरी हुँदै द्वारिका र द्वारिकाबाट तिलगंगा हुँदै विमानस्थल तर्फ जाने सडक अवरुद्ध हुने डीआईजी पोखरेलले जानकारी दिए ।

अमिर शेख करिब १२ बजे सोल्टीबाट द्वारिका र द्वारिकाबाट २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्दै छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार ११:३२

लोकप्रिय