सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा आज दिल्ली र गुजरात खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । दिल्ली क्यापिटल्सले आठ खेल खेलेकोमा तीन वटा जितेको छ ।

दिल्ली ६ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । त्यस्तै समान आठ खेलमा चार वटा जितेको गुजरात ८ अङ्कका साथ छैठौँ स्थानमा छ । सन् २०२२ मा गुजरात आफ्नो पहिलो सिजनमै विजेता र गएको सिजन उपविजेता बनेको थियो । दिल्लीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०२० मा मुम्बईले उपाधि जित्दा दिल्ली उपविजेता बनेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १०:३८

लोकप्रिय