सूचनाको शक्ति - The Power Of Information

        

पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ । फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा आज ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो ।

कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकासबारे विमर्श गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक डा नवराज केसीले जानकारी दिए । कर्णाली प्रदेश प्रमुख तिलक परियारले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरूसँगको समन्वय र सहकार्यमा कर्णालीमा पहिलो पटक आयोजित महोत्सवमा ६०० पुस्तक प्रदर्शनी गरिने जनाइएको छ ।

महोत्सव आयोजक समितिका सदस्य तथा लेखक माधव चौलागाईँका अनुसार महोत्सवबाट पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्नेछ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार १२:०६

लोकप्रिय