सूचनाको शक्ति - The Power Of Information

        

‘रावायण’ को शुभ मुर्हत

निर्देशक सुदर्शन थापाको ‘रावायण’ को शुभ मुर्हत गरिएको छ।

जनकपुरको जानकी मन्दिरमा फिल्मको शुभ मुर्हतगरिएको हो। फिल्मका मुख्य कलाकार पूजा शर्मा , पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे फिल्मको छायांकन आजबाट सुरु गरिएको हो।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।फिल्ममा पल शाह, पुजा शर्मा र प्रमोद अग्रहरीका अलावा प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार ०८:५३