सूचनाको शक्ति - The Power Of Information

        

कतारी राजाको सम्मानमा आज सार्वजनिक बिदा

सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ।

कतारका अमिर (राजा)ले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिइएको हो।

हिजो सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका सिलसिलमा आज नेपाल आउँदैछन्।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार ०७:२१