तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर आजदेखि आउँदो १४ गते शुक्रवारसम्म तातो हाला चल्ने जानकारी गराएको हो ।
तराई मधेशमा बितेको एक हप्तादेखि गर्मी बढिरहेको छ भने दुई दिन अघिदेखि तातो हावा चलिरहेको छ । तातो हावा तराई मधेशसँगै पहाडी भूभागका उपत्यका र खोँचहरूमा समेत बढ्ने महाशाखाले जनाएको छ ।
तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, बान्ता आउने लगायतका समस्या हुन सक्छन् ।
तातो हावाको असरबाट बच्न बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो हावामा बस्न, हल्का कपडा लगाउन, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान महाशाखाले बुलेटिनमार्फत आग्रह गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ