२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday
सुनको भाउ घट्याे

आज ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख १० गते सोमबार

आज सोमबार नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार स्थिर रहेको सुनको मूल्य आज भने प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ७ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँले घटेको हो।

प्रकाशित मिति : २०८१ वैशाख १० गते सोमबार