सूचनाको शक्ति - The Power Of Information

        

एसीसी प्रिमियर कपको उपाधि यूएईले जित्यो

एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको छ । घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो ।

यूएईले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४९ रन मात्र बनाउन सक्यो । ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए । यूएईका लागि जुनेद सिद्दिकीले तीन विकेट लिए भने मुहम्मद फरूक र आयन खानले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन जोड्यो । यूएईका लागि कप्तान मुहम्मद वासिमले एक सय रनको शतकीय इनिङ खेले । ओमानका लागि बिलाल खानले दुई विकेट लिए ।

यसअघि यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङलाई हराउँदै फाइनलमा आफ्नो स्थान तय गरेको थियो । यसबाहेक ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन् ।

हङकङले शनिवार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार ११:५७

लोकप्रिय