सूचनाको शक्ति - The Power Of Information

        

१६ जना प्रहरीको नाममा ७ दिने सूचना

प्रहरी प्रधान कार्यालयले १६ प्रहरी कर्मचारीको नाममा ७ दिने सूचना जारी गरेको छ ।

विभिन्न मितिदेखि प्रहरी हवल्दार, सहायक हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएको भन्दै सूचना निकालिएको कार्यालयले जनाएको छ ।

प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयको भनाइ छ । कार्यालयले तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने कारबाही हुने जनाएको छ ।

सूचना हेर्नुहोस्

Capture

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार ०८:३३

लोकप्रिय