सूचनाको शक्ति - The Power Of Information

        

कृष्णको `निरमाया´ मा प्रियंका, आशिर्वाद र सलिना (भिडियो)

गायक कृष्ण बिकको म्युजिक भिडियो ‘निरमाया’ सार्वजनिक भएको छ ।

गीतमा बिकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएका छन् ।  गीतमा शब्द तथा संगीत भीम बिसीको रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन् ।

‘निरमाया’को भिडियोलाई जिबि आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कबिराज गहतराज हुन् ।

सञ्जय लामाले छायांकन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार ०७:३६