सूचनाको शक्ति - The Power Of Information

        

आज २०८१ वैशाख ९ गते आइतवारको राशिफल

२०८१ वैशाख ९ गते आइतवार, २१ अप्रिल २०२४ । चैत्र शुक्लपक्ष त्रयोदशी तिथि । उत्तरफाल्गुनी नक्षत्र, १७ः३७ बजेपछि हस्त । चन्द्रराशि कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अरूको विश्वास गर्दा गोपनीयता बाहिरिन सक्छ । अवसरवादीहरूले फाइदा उठाउन सक्छन् । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । तर लाभ उठाउन निकै होसियार रहनुपर्ने समय छ । मिहिनेतीहरूलाई उपलब्धि प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइनेछ । तापनि नयाँ योजनातर्फ अग्रसर भइनेछ । समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । व्यापार, कृषिकर्म तथा पशुधनबाट लाभ उठाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या पर्ला । काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन् । दाजुभाइमा असमझदारी बढ्न सक्छ । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सजग रहनुहोला । सावधानीले उपलब्धि जोगिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतले मानसम्मान दिलाउनेछ । अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ । बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । व्यापार बढ्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम बन्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर बन्नेछन् । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । तापनि पहिलेका कमजोरी सच्याउन सकिनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना देखिन्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आँटले काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ । मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बेलामा होस नपुर्याउँदा काममा बाधा पर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । आवश्यक पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् । अप्ठ्यारो काम आँट गर्दा सम्पादन गर्न समय लाग्नेछ । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ । तापनि नियमित काम सम्पादन हुनेछन् । मिहिनेतले केही न केही उपलब्धि हातपार्न सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कम मिहिनेतमै काम बन्नाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नुका साथै प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर नाम र दाम कमाउने बेला छ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामको चापले जीवनशैली व्यस्त रहनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन् । तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतवार ०७:१०

लोकप्रिय