सूचनाको शक्ति - The Power Of Information

        

दुई अर्बको सम्पत्ति दान गरेर परिवारै भिक्षु बनेपछि…

भारतको गुजरात राज्यमा एक धनाढ्य दम्पतीले जैन भिक्षु बन्न आफ्नो सारा सम्पत्ति दानमा दिने भएका छन् । भावेश भण्डारी र उनकी पत्नीले निर्माण व्यवसायबाट करिब २ अर्ब भारु (२ करोड ४० लाख डलर) सम्पत्ति जोडेका थिए ।

अन्य धनाढ्यजस्तै यी दम्पतीले पनि विलासी जीवन जिउँदै आएका थिए । सन् २०२२ अप्रिल २२ मा दम्पतीको १६ वर्षीय छोरा र १९ वर्षकी छोरी भिक्षु बने । छोरा र छोरीको कदमलाई पछ्याउँदै हालै यो दम्पतीले सबै सम्पत्ति दान दिएर जैन भिक्षु बन्ने निर्णय गरेका छन् । भण्डारी दम्पतीले संयम जीवन अपनाउने वाचा पनि गरिसकेका छन् ।

फेब्रुअरीमा यो जोडीले एउटा रथमा चढेर आफूसँग भएको पैसादेखि मोबाइल र एसीसम्म सबै चिज सहरभरि बाँड्दै हिँडेका थिए । सन् २०१७ मा मध्य प्रदेशमा एक जोडीले पनि १ अर्ब भारु दान गर्दै तीन वर्षीय छोरीलाई छाडेर भिक्षु बनेका थिए । यसैगरी गएको वर्ष एक हिरा व्यापारी र उनकी श्रीमतीले पनि सारा सम्पत्ति छाडेर जैन तपस्वी बनेका थिए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार १८:०८