सूचनाको शक्ति - The Power Of Information

        

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

भेरी करिडोर सडक आयोजना अन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।

डोल्पा, जाजरकोट, रुकुम पश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरू सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले बताए । पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए ।

आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनले बताए । पुलका निम्ति रु तीन करोड ८१ लाख विनियोजन भएको छ ।

यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत, नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो । ११८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ११:४०