सूचनाको शक्ति - The Power Of Information

        

मनकामना केबलकार आज एक दिनको लागि बन्द हुने

 मनकामना केबलकार आज शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

चितवनको इच्छाकामना गाउँपालिका– ४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका– ३ स्थित प्रसिद्ध धार्मिक स्थल मनकामनामाईको मन्दिर जाने भक्तजनको सहजताका लागि ०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ०७:२०