भारतमा संघीय संसद्को तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान हुँदैछ। सातचरणमा हुने मतदानको अन्तिम परिणाम भने आगामी जुन ४ मा आउनेछ।
पहिलो चरणअन्तर्गत २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ स्थानका लागि मतदान हुनेछ। पहिलो चरणअन्तर्गत मतदान हुने २१ राज्य र केन्द्र शासित प्रदेशमध्ये १० वटा राज्य र केन्द्र शासित प्रदेशका सम्पूर्ण निर्वाचन क्षेत्रमा र बाँकी ११ वटाका केही मात्र निर्वाचन क्षेत्रमा मतदान गरिनेछ।
मतदान बिहान ७ बजेदेखि सुरु भएर साँझ ६ बजे सकिने भारतको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरण अन्तरगत अन्डमान निकोबार टापु, अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, जम्मुकश्मिर, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नगाल्याण्ड, पुडुचेरी, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुनेछ।
पहिलो चरणमा १६.६३ करोड मतदाताले मतदानमा भाग लिने भारतको निर्वाचन आयोगले जनाएको छ। १०२ सिटका लागि १६२५ उम्मेदवार चुनावी मैदानमा छन्।
पालसँग सिमा जोडिएको उत्तराखण्डको अलमोडा र नैनिताल, त्यस्तै उत्तरप्रदेशको पिलिभित निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।
पहिलो चरणमा केन्द्र सरकारका आठ मन्त्री, तीन पूर्व मुख्यमन्त्री प्रतिस्पर्धामा छन्। केन्द्रीय सडक तथा यातायात मन्त्री नितिन गडकरी नागपुर सिटबाट चुनावी प्रतिस्पर्धामा छन्।
त्यस्तै, केन्द्रीय मन्त्रीहरु किरण रिजिजु, सर्बानंद सोनेवाल, संजीव बालियान, जितेन्द्र सिंह, भुपेन्द्र यादव र अर्जुन राम मेघवालको विषयमा पनि मतदाताले आफ्नो निर्णय दिँदैछन्।
त्यस्तै, कांग्रेस नेता गौरब गोगोई, तमिलनाडुको क्षेत्रीय पार्टी डीएमकेका ए राजाको हकमा पनि पहिलो चरणमै मतदाताले आफ्नो निर्णय विद्युतीय मतदान उपकरणमा कैद गराउने छन्।
विश्वको सबैभन्दा बढी जनसंख्या अर्थात् करिब १ अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करिब ९६ करोड ९० लाख मतदाता छन्।
मतदानका लागि देशभर करिब १५ लाख मतदानस्थल स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान इलेक्ट्रोनिक भोटिङ्ग मेसिन इभीएमबाट गरिनेछ। यसका लागि ५५ लाख इभीएमको व्यवस्था गरिएको छ ।
ज्येष्ठ नागरिक र असक्तका लागि पहिलो पटक हुलाकबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। मतदानको व्यवस्थापन र सुरक्षाका लागि मतदान अधिकृत र सुरक्षाकर्मी गरी डेढ करोड जनशक्ति खटाइने छ।
यो चुनावमा लगातार ३ पटक प्रधानमन्त्री बन्ने दौडमा नरेन्द्र मोदी नेतृत्वको एनडीए अझै शक्तिशाली भएर आउने ध्याउन्नमा छ। ‘अब की बार, चार सौ पार’ अर्थात् भाजपाले ४ सयभन्दा बढी सिट जित्ने दाबी गरिरहेको छ। तर, यो दाबी कति सत्यनजिक छ भन्ने कुरा पहिलो वा दोस्रो चरणको मतदान रुझानबाट आँकलन गर्न सकिनेछ।
लोकसभामा सामान्य बहुमतका लागि २ सय ७२ सिट जित्नु आवश्यक छ। मोदीको दल भाजपाले सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा ३ सय ३ सिट जितेको थियो। विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले जम्मा ५२ सीट जितेको थियो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ