आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले सुदूरपश्चिमलगायत पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिमलगायत केही स्थानमा हावाहुरी आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
शनिबार कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । साथै लुम्बिनी, कर्णाली, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी आउन सक्नेछ ।
त्यस्तै आइतबार देशभर बदली रही कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । साथै देशभर केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ