सूचनाको शक्ति - The Power Of Information

        

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमाको काम अन्तिम चरणमा पुगेको छ ।

डोल्पा ,जाजरकोट रुकुम पश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरू सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले बताए । पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए । 

आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनले बताए । पुलका निम्ति तीन करोड ८१ लख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत, नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो । 

एक सय १८ किलोमिटर लामो जाजरकोट- डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार ०७:०२

लोकप्रिय