सूचनाको शक्ति - The Power Of Information

        

संघीय संसद्को वेबसाइट ह्याकरले लेख्यो, ‘स्टप सपोर्टिङ चाइना’

संघीय संसदको वेबसाइट ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । पछिल्लो समय निरन्तरजसो भइरहेको संघीय संसद्को वेबसाइट बिहीबार पनि ह्याक भएको हो ।

ह्याकरले वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका छन् । फोटोमा लेखिएको छ, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना ।’ संसदको वेभसाइट पुरै ह्याक नभएको र आइटी टिमले समस्या समाधान गर्ने कोशिस भइरहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

‘हाम्रो पेज पूरै ह्याक भएको त छैन । तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामाग्री राखिएको रहेछ । केही समय अघि मात्रै हामीले थाहा पायौं । यो बारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ,’ उनले भने । पछिल्लो समय सरकारी कार्यालयहरुको वेभसाइट निरन्तर जसो ह्याक हुने प्रवृत्ति बढेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार ११:५३