बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी भएको छ।
बिहीबार बिहान ७.१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन। जानकी गाउँपालिका वडा नं. ६, पिप्रहवामा रहेको राजेश जैनको जडीबुटी उद्योगमा विद्युत सर्ट भएर आगो लागेको सम्बद्धले बताएका छन्।
आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका दमकल आएको छ। बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकाको दमकल मगाइएको छ।
उद्योगको परिसरमा रहेको काठमा आगो दन्किएको छ। उद्योगभित्र आगो पुगिसकेको छैन। उद्योगभित्र पुगेमा अझ ठूलो क्षति हुने भएकाले आसपासबाट दमकल मगाइएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, एसपी तुलबहादुर कार्कीलगायत घटनास्थलमा पुगेका छन्।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके