सूचनाको शक्ति - The Power Of Information

        

मनकामना केबलकार शुक्रबार बन्द हुने

 आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार (भोलि) शुक्रबार बन्द हुने भएको छ। शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ।

शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको छ।केबलकारमा ३४ वटा डब्बा सञ्चालनमा छन्।

केबलकार सञ्चालनमा आएको २६ वर्षमा १ करोड ८४ लाख यात्रुले सेवा लिइसकेका छन्। जसमा ७० प्रतिशत नेपाली रहेको मनकामना दर्शन प्रालिले जनाएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १०:१४