सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

खेल पञ्जाबको घरेलु मैदान मुल्लानपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । पञ्जाब र मुम्बईले यो सिजन समान ६ खेल खेलेकोमा समान दुई खेल जितेका छन् ।

समान ४ अङ्क रहेकोमा पञ्जाब तालिकाको आठौँ र मुम्बई नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ६ विकेटले हरायो ।

जितसँगै ७ खेलमा ६ अङ्क रहेको दिल्ली तालिकाको छैटौँ र समान खेलमा समान ६ अङ्क नै रहेको गुजरात सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार १०:०४

लोकप्रिय