सूचनाको शक्ति - The Power Of Information

        

धनुषामा १ सय ५२ बोरा प्याज र ३२ थान मोवाइल बरामद

धनुषामा १ सय ५२ बोरा प्याज र ३२ थान मोवाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

मंगलबार राती धनुषाको शहिदनगर नगरपालिका–२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कागजपत्र शंकास्पद देखिएकाले प्याजसहितको ट्रक नियन्त्रणमा लिइएको बताइएको छ । प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मुल्यांकन गरी आवश्यकक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका–६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोवाइल बरामद गरेको छ ।

मोटरसाइकलमा ल्याउँदै गरेको मोवाइलको मूल्य ५ लाख ३५ हजार र मोटरसाइकलको १ लाख मूल्य कायम गरी आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार ०८:१९

लोकप्रिय