सूचनाको शक्ति - The Power Of Information

        

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लामालाई पुरानो मुद्दामा काठमाण्डौबाट पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक एसएसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिनुभयो ।

खैरो हिरोइन बिक्रीमा संलग्न भएका लामालाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ साल जेठमा पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर उनले कैद भुक्तान गरेका थिएनन् ।

एन्फाको उपाध्यक्ष भए पनि फरार सूचीमा रहेका थिए । लामा एन्फाको चुनावमा उम्मेदवार बन्दा पनि उजुरी परेको थियो । तर त्यसबेला लामाले आफू जेल बसिसकेको भन्दै टारेका थिए ।

एन्फाको निर्वाचन समितिले पनि छानबिन गरेको थिएन । त्यतिबेला तालमेल गरेर उपाध्यक्ष निर्वाचित भएका थिए । तर एन्फा कार्यसमिति पक्ष–विपक्षमा केन्द्रित हुन थालेपछि गएको पुषमा लामाले कैद भुक्तान नगरेको कुरा सार्वजनिक भएको थियो ।

लगत्तै सम्पर्कबिहीन बनेका लामालाई आज प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार १५:३१