हालै इजरायलमाथि गरेको आक्रमणलाई लिएर अमेरिका र युरोपेली संघ (इयु)ले इरानमाथि थप नाकाबन्दी लगाउने तयारी गरेका छन् । इजरायलले इरानमाथि उसको मिसाइल कार्यक्रमलाई लिएर नाकाबन्दी गर्न आफ्ना समर्थकलाई आह्वान गरेको थियो ।
सो विषयमा संयुक्त राष्ट्र संघको नाकाबन्दी गएको अक्टोबरमा निस्तेज भएको थियो । यद्यपि अमेरिका, इयू र बेलायतले भने नाकाबन्दी जारी राख्दै थप नाकाबन्दीको तयारी गरेका छन् ।
इजरायलका प्रधानसेनापति हर्जी हलेभीले इरानले हालै गरेको आक्रमण जवाफविहीन नहुने चेतावनी गएको सोमबार दिएका थिए । इरानले गएको शनिबार इजरायलमाथि आक्रमण गरेको थियो ।
इरानले यही अप्रिल १ मा सिरियास्थित आफ्नो कन्सुलेट कार्यालयमा गरिएको आक्रमणको जवाफमा शनिबार इजरायलमाथि हमला गरिएको बताउँदै आएको छ । कन्सुलेटमा भएको आक्रमणमा १३ जना मारिएका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ